बाढी-पहिरोमा परेका ३८ जना अझै बेपत्ता | Khabarhub Khabarhub

बाढी-पहिरोमा परेका ३८ जना अझै बेपत्ता


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् ।

बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् । दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।

यस अवधिमा ४१४ विपद्का घटना भएका छन् । विपद्मा परी ८० जना घाइते भएका थिए । अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् । केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् ।

बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताए । अहिलेसम्म रु एक अर्ब सात करोडभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ ।

पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ । डोल्पामा सात जना हराइरहेका छन् । गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए ।

विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ । खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : १५ बजे

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेट

काठमाडौं– सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलसँग

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार 

गौर हत्याकाण्डबारे धारणा बनाउन संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

काठमाडौँ – तराई–मधेशकेन्द्रित सात दलीय गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’को बैठक

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन