राजसंस्था, हिन्दू राष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक: कमल थापा | Khabarhub Khabarhub

राजसंस्था, हिन्दू राष्ट्र पक्षधरबीच मोर्चा निर्माण आवश्यक: कमल थापा


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सङ्घीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

अहिलेकै व्यवस्था कायम रहे नयाँ तानासाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था, हिन्दू राष्ट्र पक्षधर र सङ्घीयता नचाहनेबीच तत्काल मोर्चा निर्माण गरी नयाँ जनआन्दोलनमा जान जरुरी भएको आवश्यकता औँल्याए ।

थापाले संवैधानिक अङ्ग, न्यायालय, प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमाएर सर्वसत्तावाद लाद्ने दुष्प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुरदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधीनताको रक्षाको निमित्त एक पटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे।

राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा नेताहरू जयकुमार खड्का,तारानाथ लुइँटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले सङ्गठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ४ : ३७ बजे

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको