प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव « Khabarhub

प्रशिक्षण कार्यक्रममा व्यस्त जसपा अध्यक्ष यादव


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त रहेका छन् । प्रदेशदेखि स्थानीय तहका समितिले आयोजना गरेका प्रशिक्षणमा अध्यक्ष यादवले नेता, कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।

अध्यक्ष यादवले तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानका दौरान आयोजना भएका अभिमुखीकरण कार्यक्रममा दैनिक ६ देखि ८ घण्टासम्म प्रशिक्षण दिने गरेका छन् । आयोजकले कम्तीमा दुई दिनसम्म प्रशिक्षण कार्यक्रम राख्ने गर्दछन् ।

समसामयिक राजनीति, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषय, नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययनलगायतका विषयमा अध्यक्ष यादवले प्रशिक्षण दिने गरेका छन् ।

अध्यक्ष यादव कार्यकर्ता प्रशिक्षणका लागि मंसिर १७ गते बाँके पुग्ने कार्यक्रम छ । लगत्तै मंसिर १९ गतेदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय तीन दिवसीय प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक अध्यक्ष यादव नै रहने छन् । यादव प्रशिक्षण कार्यक्रममा व्यस्त हुँदा उनका पछिल्ला राजनीतिक भेटघाटहरू प्रभावित भएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : १६ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि