प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) सम्मेलनलाई सम्बोधन गर्दैछन् ।

बिहीबार सुरु भएको सम्मेलनमा हिजो र आज सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका अनुसार प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनमा जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्दै छन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिन बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए । उनीसहितको टोली भोलि स्वदेश फर्किनेछ ।

याे पनि पढ्नुहाेस् :

नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ३२ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा