नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने « Khabarhub

नेपाल सुपर लिग : आज झापा र पोखरा तथा धनगढी र ललितपुर खेल्ने


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन् । जसअन्तर्गत आज झापा एफसी र पोखरा थन्डर्स तथा धनगढी एफसी र ललितपुर सिटि एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा झापा र पोखरा भिड्ने छन् । लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ ।

पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो खेलमा चितवन एफसीलाई हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटीसँग गोलरहित बराबरी खेलेको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको थियो । दुई खेलबाट पोखराकाे ४ अंक छ भने झापा अंकविहीन छ ।

यस्तै, आजै साँझ साढे ५ बजे हुने दोस्रो खेलमा धनगढी र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । जारी लिगमा धनगढी अपराजित रहेको छ । उसले पहिलो खेलमा वीरगञ्ज युनाइटेड र दोस्रो खेलमा बुटवल लुम्बिनीलाई हराएको थियो । लिगमा धनगढी ६ अंकका साथ शीर्षस्थानमा छ ।

त्यस्तै ललितपुर पनि अपराजित छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनीलाई जितेको थियो भने पोखरासँग गोलरहित बराबरी गरेको थियो । लिग तालिकामा ललितपुर ४ अंकसहित दोस्रो स्थानमा  छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : १७ बजे

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६