कस्मिर आक्रमणपछि यस्तो आयो पाकिस्तानको प्रतिक्रिया | Khabarhub Khabarhub

कस्मिर आक्रमणपछि यस्तो आयो पाकिस्तानको प्रतिक्रिया


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित कस्मिरको पुलवामा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरएफ)को बसमाथि आतंकवादी हमला भएपछि भारतभर आक्रोश छाएको छ । ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जानेगरी भएको हमलामा पाकिस्तानी पक्षको हात रहेको भारतले आरोप लगाइरहेको छ ।

कस्मिर आक्रमणका सम्बन्धमा भारतीय पक्षले लगाएको आरोपलाई पाकिस्तानले भने सिधै इन्कार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मूद कुरेसीले घटनाप्रति निन्दा गर्दै भारतीय पक्षले लगाएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानको जियो समाचार च्यानलसँगको कुराकानीमा विदेशमन्त्री कुरेसीले भनेका छन्, ‘यो जुन घटना भयो यसको म निन्दा गर्दछु । हिंसाको बाटो हाम्रो थिएन र छैन पनि ।’

पाकिस्तानी विदेशमन्त्री कुरेशीले उक्त आक्रमणका सम्बन्धमा भारतले विशेष अनुसन्धान गर्नुपर्ने राय व्यक्त गरेका छन् । ‘भारतले अहिलेसम्म यो मामिलामा कुनै खोज गरेको छैन । यत्तिकै पाकिस्तानमाथि आरोप लगाइएको छ,’ कुरेशीले भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ३० बजे

फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार

काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन

मधेश प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनार नियुक्त 

जनकपुरधाम – मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र