कस्मिर आक्रमणपछि यस्तो आयो पाकिस्तानको प्रतिक्रिया « Khabarhub

कस्मिर आक्रमणपछि यस्तो आयो पाकिस्तानको प्रतिक्रिया


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित कस्मिरको पुलवामा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरएफ)को बसमाथि आतंकवादी हमला भएपछि भारतभर आक्रोश छाएको छ । ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जानेगरी भएको हमलामा पाकिस्तानी पक्षको हात रहेको भारतले आरोप लगाइरहेको छ ।

कस्मिर आक्रमणका सम्बन्धमा भारतीय पक्षले लगाएको आरोपलाई पाकिस्तानले भने सिधै इन्कार गरिदिएको छ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मूद कुरेसीले घटनाप्रति निन्दा गर्दै भारतीय पक्षले लगाएको आरोप गलत भएको प्रतिक्रिया दिएका छन् ।

पाकिस्तानको जियो समाचार च्यानलसँगको कुराकानीमा विदेशमन्त्री कुरेसीले भनेका छन्, ‘यो जुन घटना भयो यसको म निन्दा गर्दछु । हिंसाको बाटो हाम्रो थिएन र छैन पनि ।’

पाकिस्तानी विदेशमन्त्री कुरेशीले उक्त आक्रमणका सम्बन्धमा भारतले विशेष अनुसन्धान गर्नुपर्ने राय व्यक्त गरेका छन् । ‘भारतले अहिलेसम्म यो मामिलामा कुनै खोज गरेको छैन । यत्तिकै पाकिस्तानमाथि आरोप लगाइएको छ,’ कुरेशीले भनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ३० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम