आज सोमबार, शिवालयमा बिहानैबाट भक्तजनको भीड « Khabarhub

आज सोमबार, शिवालयमा बिहानैबाट भक्तजनको भीड


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार विहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ विहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।

हिन्दु धर्मावलम्बी महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत बस्ने गर्छन् ।

ज्योतिष शास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव यो दिनलाई विशेष मानिन्छ । अझ श्रावण महिना र सोमबारको विशेष महत्व छ । श्रावण महिना शिवजीको महिना र सोमबार स्वामीको रुपमा लिइने राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जनाए ।

उनले भने, ‘शवको अर्थ कल्याण हो । विधिपूर्वक शिवको आराधना गर्दा सबैको कल्याण चाहने शिव तत्काल प्रसन्न हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास छ ।’

त्यसो त देवताहरुमा सर्बोत्कृष्ट भगवान शिवको उपासना गर्ने परम्परा वैदिककालदेखि नै चलेको पाइन्छ ।

साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव , सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनामा भगवान शिवलाई जलधारा अर्पण गर्न विभिन्न स्थानमा बोलबम यात्रा पनि निकालिन्छ । शिवलाई जलधारा अर्पण गरेमा इच्छित कामना पूर्ण हुने आकांक्ष्ाँका साथ पहेंलो वस्त्र धारण गर्दै शिवभक्तहरु नजिकका शिवालयमा पुग्ने गर्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : १३ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक