काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आयो :अर्थमन्त्री महत « Khabarhub

काठमाडौं वरपरका जिल्लाको विकास गर्ने समय आयो :अर्थमन्त्री महत


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौँ वरिपरिका जिल्लाको विकासका लागि समय आएको बताएका छन् ।

आज नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित कविलास स्वास्थ्य चौकीको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘काठमाडौँ बजार हो, नजिक छ, त्यहाँ खर्च गर्ने ठूलो जनसङ्ख्या पनि छ । राजधानी काठमाडौँसँग जोडिएको नुवाकोट नजिक भएर पनि पछाडि परेको जिल्ला हो, टाढाका जिल्लाले आफूलाई तयार गर्नुपर्छ भनेर शिक्षाको चाँडै विकास भयो । त्यहाँका अगुवाले शिक्षामा लगानी गरे । लेखपढलाई प्राथमिकता दिए तर काठमाडौँ वरिपरिको आम्दानीको मूल स्रोत जग्गा जमिन थियो ।’

अर्थमन्त्रीले भने, ‘काठमाडौँमा राणाहरूका नजिक जो थिए, तिनलाई रिझाएबापत पुरस्कारका रूपमा जमिन माग्थे । उब्जनी सहजै काठमाडौँ पुर्याउन सकिने ठाउँमा उनीहरु जमिन माग्थे । काठमाडौँसँग जोडिएको उब्जाउ जमिन नुवाकोट हो । काठमाडौँ बसेर नुवाकोटको जमिन उपभोग गर्नेहरू धेरै भए ।’

‘काभ्रे, धादिङ र नुवाकोटका जनताले प्रशस्त उब्जनी गर्ने र ठूलो हिस्सा काठमाडौँ पुर्याउने काममा केन्द्रित छन् । शिक्षाको विकास विशेषतः ०४६ पछि मात्र गति लिएको हो‘, उनले भने, ‘काठमाडौँको नजिक र शासकको नजरमा परेर हिजो नुवाकोटका जनता रैती बनेका थिए ।’

अब काठमाडौँबाट नुवाकोटलाई अझ नजिक बनाउनुपर्छ । काठमाडौँ–छहरे सुरुङमार्गको काम हामीले गरिरहेका छौँ । रु एक अर्ब बजेट पनि राखेका छौँ, सुरुङमार्ग जटिल काम हो । यसका लागि तयारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ, तयारी सकिएपछि मात्र काम अघि बढ्छ । तर तयारीको काम देखिँदैन ।’

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : ५९ बजे

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको

राजसंस्था, निर्वाचन प्रणालीमा सुधार र दुई तहको संरचना राप्रपाको मुख्य एजेण्डा (घोषणापत्र सहित)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अघि

‘स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निरन्तर (स्ट्रबेरी)भुइँऐसेलुखेतीमा रमाएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई

मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भयो : राप्रपा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर अवस्थामा