सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ : माधव नेपाल « Khabarhub

सबै प्रकारका शोषण अन्त्य हुनुपर्छ : माधव नेपाल


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट दलित मुक्ति सङ्गठनको बागमती प्रदेशस्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष नेपालले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा विभिन्न समयमा भएका जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उनले देशको आर्थिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न पुँजीवादले नसक्ने भएकाले त्यसको विकल्पका रूपमा वैज्ञानिक समाजवादको खाँचो औँल्याए।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ४९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा