प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै « Khabarhub

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर सम्मेलन (कोप२८) मा सहभागी भएर आज स्वदेश फकिँदै छन् ।

प्रधानमन्त्री दाहाल फ्लाइ दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनी सम्मेलनमा सहभागी हुन यही मंसिर १३ गते यूएई गएका थिए ।

प्रधानमन्त्री दाहालले कोप– २८ सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असरमा नेपालको शून्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको धारणा राखेका थिए ।

उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेकाले नेपालले जलवायु परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनले जलवायु परिवर्तनको संकट सम्बोधन गर्न विकसित मुलुकहरूले कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि साँझ साढे ६ बजे कोप सम्मेलनको उपलब्धीबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : ०८ बजे

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म