जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने « Khabarhub

जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली विकास बैंक एडीबीले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न हुने जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि नेपाल र भुटानलाई सहयोग गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै एसियाका एक अर्बभन्दा धेरै मानिसहरुको जीवन हिन्दुकुश हिमालयको जलस्रोतमा निर्भर रहेको र यस क्षेत्रमा उत्पन्न हुने जोखिम मूल्याङ्कन र व्यवस्थापनमा सहयोग गर्ने एडीबीले जनाएको हो ।

एडीबीले नेपाल र भुटानका हिमाली क्षेत्रमा बाढी, पहिरो भूकम्पजस्ता जोखिमको मूल्याङ्कन गर्न प्राविधिक सहायता उपलब्ध गर्ने जानकारी दिएको छ । यस सहायताले नदी प्रणालीमा उत्पन्न हुने जोखिम मूल्याङ्कन गर्न सरकारहरुलाई सहयोग पुग्ने एडीबीको विश्वास छ । यसले भविष्यमा पूर्वाधारको विकास गर्दा पूर्वसतर्कता प्रणाली र जोखिम व्यवस्थापनको विकल्प विकास गर्न सहयोग पुग्ने एडीबीले उल्लेख गरेको छ ।

यस क्षेत्रमा औसतभन्दा तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको भन्दै एडीबीले विश्वव्यापी तापक्रम ३ प्रतिशतले बढेको खण्डमा यस शताब्दीको अन्त्यसम्म यस क्षेत्रका ७५ प्रतिशतभन्दा धेरै हिमनदी पग्लिने चेतावनी दिएको छ । यसबाट पानीको पहुँचमा अभूतपूर्व दबाब पुग्ने र खाद्य एवम् ऊर्जा सुरक्षामा जोखिम उत्पन्न हुने साथै जैविक विविधता नाश हुनेसमेत एडीबीले उल्लेख गरेको छ ।

‘पृथ्वीको छानो पग्लिरहेको छ ।’ एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले भने, ‘हिन्दुकुश हिमालय क्षेत्र यहाँका १ अर्बभन्दा धेरै मानिसहरुको आर्थिक सुरक्षा र हितका लागि महत्वपूर्ण छ । यस सहयोगले नेपाल र भुटानलाई जलवायु अनुकूलनका लागि मद्दत पुग्नेछ ।’

एसिया प्रशान्त क्षेत्रको जलवायु बैंकका रुपमा एडीबीले सन् २०१९ र २०३० को बीचमा जलवायुका क्षेत्रमा आफ्नै स्रोतबाट १ खर्ब डलर बराबरको लगानी गर्ने एडीबीको उद्देश्य छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : २४ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण