पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य « Khabarhub

पोखराका पूर्वाधार अपाङ्गतामैत्री बनाउँछौं : महानगर प्रमुख आचार्य


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले निर्माण गर्ने पूर्वाधार अपाङ्गतामैत्री बन्ने बताएका छन् । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाद्वारा आयोजित कार्यक्रममा उनले आगामी दिनमा महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गतामैत्री बन्नेमा जोड दिएका हुन् ।

यस दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रित गर्ने उनको भनाइ छ । “महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा वितरण गरिने छ”, उनले भने ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अपाङ्गता भएकालाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिँदै समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । महानगरले अपाङ्गता भएका व्यक्तिका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने सङ्घसंस्था र व्यक्तिको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने उनले बताइन् । अपाङ्गता भएका व्यक्ति वा परिवार पाल्नुपर्ने महिलालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदै आएको उनले बताइन् ।

‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ आयोजित कार्यक्रमका अवसरमा पोखरा महानगरको गेटबाट पोखरा सभागृहसम्म र्‍यालीसमेत गरिएको थियो ।

र्‍यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो । कार्यक्रममा महानगरपालिका अपाङ्गता परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुरप्रसाद चापागाइँ, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेमोफिलिया सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष बिना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना व्यवस्थापक विष्णु गिरी लगायतले अपाङ्गता क्षेत्रमा भएका समस्या लगायतका विषयमा आआफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : ५१ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५