नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी « Khabarhub

नवराज विकको हत्या मुद्दामा आज पनि बहस जारी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

रुकुम– जाजरकोटको भेरी नगरपालिकाका नवराज बिकलगायत ६ जनाको जघन्य हत्या सम्बन्धी मुद्दामा आज पनि रुकुम जिल्ला अदालतमा सुनुवाइ भइरहेको छ ।

रुकुम जिल्ला अदालत (रुकुम पश्चिम) का न्यायाधीश खड्कबहादुर केसीको इजलासमा हिजोदेखि सुरु भएको निरन्तर सुनुवाइमा आज पनि बहस भइरहेको हो ।

हिजो सरकारी वकिल तथा पीडित पक्षका ९ जना कानुन व्यवसायीले बहस गरेका थिए । आज पीडित (वादी) पक्षका कानुन व्यवसायीको बहस सकिएपछि प्रतिवादीतर्फको बहस हुनेछ ।

भोलिसम्ममा उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने  र केही दिनमा फैसला आउने अदालतले जनाएको छ। 

२०७८ जेठ १० गते मल्ल थरकी आफ्नी प्रेमिकासँग विवाहका लागि साथीहरू लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका नवराजसहित ६ जनाको केटी पक्षबाट हत्या भएको थियो ।

केटी पक्षले दलितले मल्लसँग विवाह गर्न लागेको भन्दै केटीका परिवारसहित सोतीका स्थानीयले उनीहरूलाई लखेटेर हत्या गरेका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो । उक्त घटनामा १२ जना घाइते भएका थिए।

उक्त घटनामा प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : १४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले