रुकुम हत्याकाण्ड : पीडित परिवारको न्यायको लागि खबरदारी सभा  | Khabarhub Khabarhub

रुकुम हत्याकाण्ड : पीडित परिवारको न्यायको लागि खबरदारी सभा 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुकुम सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खबरदारी सभा आयोजना गरेको हो । 

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दा टुङ्गो नलाग्दा पीडित परिवार थप पीडामा परेको भन्दै खबरदारी सभाको आयोजना गरिएको जात व्यवस्था उन्मूलन मोर्चा नेपालकी महासचिव रूपा सुनारले जानकारी दिइन् । रुकुम जिल्ला अदालतमा अन्तिम सुनवाई भइरहेको अवस्थामा पीडित परिवारलाई न्याय दिनुपर्ने उनले बताएका छन् ।

खबरदारी सभामा सहभागीहरूले रुकुम सोती नरसंशारका पीडित परिवारहरूलाई न्याय दे, न्याय नमार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । २०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका बेला  स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । 

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : २३ बजे

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश

पोखराबाट अरु सहरमा पनि हवाई उडान गर्नेबारे छलफल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सीधा हवाई सेवा