रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण « Khabarhub

रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।

मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ । युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, ‘लडाइँका क्रममा १८ वटा ड्रोन र एउटा एक्स–५९ निर्देशित क्षेप्यास्त्र नष्ट गरिएको छ ।’

स्थानीय अधिकारीहरूले लिभिभ, इभाने–फ्रान्किभिस्कखमेलनित्स्किीका पश्चिमी क्षेत्रका साथै दक्षिणमा माइकोलाइभखेरसनमा हमला भएको सूचना दिएका छन् । खेरसनमा एउटा सांस्कृतिक केन्द्र र एउटा पसललाई निशाना बनाइएको थियो । हमलामा सम्भावित हताहतको कुनै जानकारी प्राप्त भएको छैन । 

मौसम परिवर्तनसँगै तापक्रम माइनसमा झर्दा विद्युत् तथा अन्य ऊर्जा केन्द्रमा रुसले आक्रमण गर्ला कि भन्ने युक्रेनलाई डर छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ३० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र