ऋणमा डुबेपछि कर्जा उतार्न ७७ वर्षको उमेरमा मोडलिङ ! « Khabarhub

ऋणमा डुबेपछि कर्जा उतार्न ७७ वर्षको उमेरमा मोडलिङ !


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण कोरियामा एक महिलाले ७७ वर्षको उमेरमा मोडलिङ थालेर चर्चा कमाएकी छिन् ।

चोई सुन नाम गरेकी ती महिलाले रहरले भन्दा पनि बाध्यताले आफू मोडलिङमा लागेको बताएकी छिन् । एउटा अस्पतालमा काम गर्ने उनी ऋणमा डुबेपछि कर्जा उतार्न मोडलिङमा लागेकी हुन् ।

जब उनले टिभीमा धेरै मोडलहरुले विज्ञापन गरेको देखिन्, तब उनलाई पनि आफूले पनि कुनै मोडलिङ गर्नु पर्ने याद आयो। त्यसैले अहिले उनी दक्षिण कोरियाको फेसन सिम्बोल बनिसकेकी छिन् । यो सबको श्रेय उनले गर्ने गरेको मोडलिङलाई जाने गरेको छ ।

सियोल फेसन विकमा ¥याम्पमा वाक गरेपछि उनी चर्चामा आएकी हुन् । खासमा चोईको जीवन निकै संघर्षपूर्ण रहेको थियो । पतिले उनलाई छोडिदिएपछि उनले आफ्ना बच्चाहरु पाल्न निकै संघर्ष गर्नु मात्र परेन, दैनिक घन्टौँ काम पनि गर्नु पर्ने भयो । यो सबको कारण उनले चुकाउनु पर्ने चर्को ऋण थियो ।

‘काम गर्दा मैले खाना खाने पैसासमेत हुँदैनथ्यो,’ उनले भनेकी छिन्, ‘त्यसैले जीवन बदल्न मैले मोडलिङलाई छानेँ ।’ उनले आफूले मोडलिङ सुरु गरेपछि जीवन सहज हुन थालेको बताएकी छिन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : २४ बजे

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

टोकियो- जापानमा रेलको ठक्करबाट रेल स्टेसनका चार जना कर्मचारीको मृत्यु

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा