भारतीयलाई दाहालको जवाफ- आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो ! « Khabarhub

भारतीयलाई दाहालको जवाफ- आफ्नै देशलाई हिन्दुराष्ट्र बनाए भैगो !


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान सन्तुलित भएकाले धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने स्पष्ट पारेका छन् ।

उनले देशभित्र मात्र होइन, देश बाहिरबाट पनि संविधानमा रहेको धर्म निरपेक्षता हटाउने आवाज उठ्ने गरेको खुलाए ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सिंहदरबारमा सम्पादहरुसँग कुराकानी गर्दै भने, ‘देशभित्र र बाहिरका शक्तिहरुलाई हामीले भन्ने गरेको के छ भने नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा स्वीकार्नुपर्‍यो ।’

प्रधानमन्त्री दाहालले भारतको नाम नलिई त्यहाँका बीजेपी नेताहरुतर्फ संकेत गर्दै भने, ‘विदेशका कतिले हामीलाई भन्दा जवाफ दिने गरेका छौं, तपाईकैमा ८० प्रतिशत हिन्दुहरु छन्, गरे भैगो नि त हिन्दुराष्ट्र, अर्कालाई किन भन्नुपर्यो ? हामी त सानो देशमा छौं ।’

प्रधानमन्त्री दाहालले नेपालमाथि हिन्दुराष्ट्रका लागि दबाव दिने भारतीय नेताहरुप्रति लक्षित गर्दै थपे,‘आफ्नो संविधानमा भएको धर्म निरपेक्षताको चिन्ता गर्नुहोस्, हाम्रोतिर धेरै चिन्ता नगर्नोस् भनेको छु ।’

नेपालको संविधानमा रहेको प्रावधान सन्तुलित रहेको बताउँदै प्रधानमन्त्री दाहालले भने,‘हामीले त्योबेला धेरै नै छलफल गरेर एकातिर हाम्रो विरासत र परम्पराको रक्षा गर्न सनातन धर्म संस्कृतिको रक्षा गर्ने कुरा गर्‍यौं, अर्कोतिर बहुजाति र बहुधर्मलाई ख्याल गर्दै धर्मनिरपेक्षता पनि संविधानमा प्रष्टसँग लेख्यौं ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने बताए पनि यसैसाता बसेको नेपाली कांग्रेसको बैठकमा संविधानलाई चलाउनुहुन्न भन्ने निर्णय भएको प्रधानमन्त्री दाहालले सुनाए ।

प्रधानमन्त्री दाहालले कांग्रेसको निर्णयबारे भने,‘कांग्रेसको बैठकमा कुरा उठ्यो । तर, संविधानलाई चलाउनुहुन्न भन्ने निर्णय भएको छ ।’ उनले थपे,‘धर्म निरपेक्षता चलायो भने संघीयता चल्छ । संघीयतालाई चलायो भने गणतन्त्र चल्छ र देशै कोल्याप्स हुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिन्दुराष्ट्रको पक्षमा नरहेका कारण धर्मनिरपेक्षताबारे सबै दलहरु एकमत भएको प्रधानमन्त्रीको दाबी छ ।

संविधानले नै धार्मिक स्वातन्त्रता र सनातन धर्म संस्कृतिको संरक्षण गरेको उनले बताए ।

संविधानबारे जनतालाई प्रशिक्षित गर्न कमी भएकाले खाली ठाउँमा राजावादीहरुले खेल्ने प्रयास गरेको भन्दै प्रधानमन्त्रीले गठबन्धन दलहरु संयुक्तरुपमा जनतामा जाने तयारी भइरहेको समेत बताए ।

यो पनि…

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : २२ बजे

पञ्चकन्या टोलका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरामा महानगरको डोजर

काठमाडौं– काठमाडौं महानगरपालिकाले विमानस्थल पछाडि काठमाडौं वडा न: ८ को पञ्चकन्या

ओलीले प्रष्ट शब्दमा भने : नेपालले कसैको भूमि मिचेको छैन, भारतसँगको विवादमा तेस्रो पक्ष चाहिँदैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न प्रधानमन्त्री

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा

मध्यपूर्वमा तनाव कायम, औपचारिक युद्धविरामबीच पनि लडाइँ जारी

एजेन्सी– मध्यपूर्वका विभिन्न मोर्चामा औपचारिक युद्धविरामका घोषणा भए पनि क्षेत्रभर

हर्कको पार्टीमा खैलाबैला : धरानको मेयर बनाउँछु भनेर धोका दिएको गुनासो, केन्द्रीय सदस्यसहित पाँचजनाको राजीनामा

काठमाडौं- आगामी निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारीलाई लिएर विवाद