रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबीच भेटवार्ता


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले त्यहाँस्थित नेपाली राजदूत डिल्लीराज पौडेलसँग भेटवार्ता गरेका छन्।

उनीहरुबीच मलेसियामा रहेका नेपाली कामदारले भोग्दै आएका समस्या र दूताबासले दिने सेवाको विषयमा छलफल भएको थियो ।

छलफलमा सभापति लामिछानेले प्रवासमा रहेकाका लागि सम्बन्धित देशमा रहेको दूतावास अभिभावकीय भूमिकामा रहनुपर्ने बताए । उनले मलेसियामा रहेका सबै नेपालीको पीरमर्का र समस्यामा गम्भीर भएर संभव भएसम्म छिटो समाधान दिन अनुरोध समेत गरे।

जवाफमा राजदूत पौडेलले सीमित स्रोत–साधनका कारण चाहेजस्तो सेवा दिन कठिन भएको बताएका थिए । समस्यामा परेको सबैलाई समान व्यवहार गर्ने गरिएको पौडेल जानकारी गराए ।

राजदूत पौडेलले सातामा एक दिन (शुक्रबार) फेसबुक लाइभमार्फत पनि सहजीकरण र महिनामा एकपटक ‘मोबाइल एम्बेसी’ अभियान सञ्चालन भइरहेको पनि अवगत गराएका थिए।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ३४ बजे

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर

आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १ गते सोमबार। मंसिर