पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट | Khabarhub Khabarhub

पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पर्वत- पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन् । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका–३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसे किराको प्रकोप फैलिएको हो ।

 सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरापतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाँईले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसे किराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताएका छन् ।

देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाँईले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उनले बताएका छन् । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाँईले बताए । 

पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ र बुटबल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उनको भनाइ छ । 

कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसे कीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडो सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उनले बताएका छन् । उनले औँसा किराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको समेत बताए । 

औँसा कीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरू लगेरसमेत स्थलगत अनुगमन गरिएको  किराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताएका छन् । चाइनिज फ्रुट प्लाई अर्थात् औँसा कीराको चक्र नष्ट  गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उनले सुझाए । 

पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोग कीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत वर्ष पर्वतबाट रु ३० करोडका सुन्तला निर्यात भएको थियो । 

किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरूमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ५९ बजे

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका

काभ्रेको पाँचखालमा ‘विषादीरहित’ तरकारी सङ्कलन केन्द्र सञ्चालन

काभ्रे– काभ्रेको खाद्यान्न तथा तरकारीको भण्डारका रूपमा परिचित पाँचखाल नगरपालिकामा