प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत « Khabarhub

प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेश्वरी पौडेल समर्थक थिए।

प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पुर्‍याउन  माग गरेका छन् । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा  सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे।    

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिएका थिए ।

प्रदेशसभाको अर्को बैठक भोलि अपराह्न १ बजे हुनेछ

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : ११ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का