नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ « Khabarhub

नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नागरिकलाई रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, सुवास लामा, मनिष न्यौपाने, रोजल महर्जन, क्षितीज गिरी, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले भिजिट भिसामा नेपालीलाई रुस पठाउने गरेका थिए । रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको निधन भएसँगै प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ती हुन पठाउनेलाई पक्राउ गरेको हो ।

मृत्यु हुनेहरुमा गोरखाका सन्दिप थपपिलया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवार राई, पुतलीबजार स्याङजाका प्रितम कार्की, मेलुंग दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हालैमात्र सरकारले रुस युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रुसलाई अनुरोध गरेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ९ : २२ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन