एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने « Khabarhub

एनसेलको खरिदबिक्री छानबिन गर्न समिति गठन हुने


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक लगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।

विज्ञप्तीमा शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ ।

सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा जारी विज्ञप्तीमा छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाही गरिएको छ । शर्माले अहिलेसम्म बाहिर आएका सूचनाहरुले छानबिन गर्न आवश्यक देखिएको समेत उल्लेख गरेकी छन् ।

उनका अनुसार प्रधानमन्त्रीले सोमबार नै छानबिन गर्न निर्देशन दिइसकेका छन् । दूरसञ्चार प्राधिकरणले आफैंले सोधीखोजी गरेपछि एनसेलले मंगलबार जवाफी पत्र पठाएको समेत बताइएको छ ।

यसअघि सत्तारुढ गठबन्धनको बैठकमा एनसेलको स्वामित्व खरिदबिक्री अस्वाभाविक, जालसाझीपूर्ण रशंकास्पद भएको भन्दै छानबिन गर्ने सहमति भएको थियो ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कानुन अनुसार सरकारी स्वीकृति लिएर कम्पनी खरिदबिक्री गर्नुपर्ने भएपनि त्यो नभएको कुरामा दलहरु एकमत भएको जानकारी दिए । बैठकले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने सहमती भएको उनले बताए ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतको उपस्थिती थियो ।

मलेसियन कम्पनी आजियटाले शुक्रबार एनसेलको सेयर स्वामित्व बिक्री गरेको थियो ।

यो पनि…

एनसेलको खरिदबिक्री छानबिन गर्न सत्ता गठबन्धन सहमत

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ११ : ०४ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका