कतारले बनायो घरेलु कामदारमैत्री नयाँ नियम « Khabarhub

कतारले बनायो घरेलु कामदारमैत्री नयाँ नियम


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले विदेशी घरेलु कामदार लिने नयाँ नियम लागू गरेको छ । कतारमा रोजगारीका लागि घरेलु काममा जाने विदशी कामदारका हकमा त्यहाँको गृह मन्त्रालयको अनुमति लिनु पर्ने भएको छ ।

घरेलु कामदारबारे नयाँ नीतिगत निर्णय भएपछि घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरुलाई सहभागी गराई कतारको आन्तरिक मन्त्रालय, भिसा सहायता विभाग, प्रशासनिक विकास तथा श्रम सामाजिक समन्वय मन्त्रलयले नीति परिवर्तनबारे गत हप्ता जानकारी दिएको जनाइएको छ ।

श्रमिक आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरुले आन्तरिक मन्त्रालय र सर्भिस सेन्टरबाट विदेशी कामदार आपूर्ति गर्ने सिफारिश पाउने छन् । सिफारिश पाएपछि कतार भिसा सेन्टर (क्यूभीसी) बाट बायोमेट्रिक, फिंगरप्रिन्ट र करारपत्रमा हस्ताक्षर गर्ने औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने नयाँ नियममा उल्लेख गरिएको छ ।

नयाँ निर्णय मूश्लिमको महत्वपूर्ण चाड इद अल अदापछि कार्यान्वयन गर्ने भिसा सहायता विभाग प्रमुख मेजर जनरल अब्दुल्लाह अल मुन्नहदिले जानकारी दिए ।

कतारमा उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने, हेरालु र बगैंचामा काम गर्ने कामदार घरेलु कामदार लिदै आएको छ । कतारमा ८० हजार नेपाली कार्यरत छन् । घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न कतारले केही महिना अघि नयाँ कानून जारी गरेको थियो । नेपाल सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया घरेलु काममा महिला कामदार पठाउन बन्द गरेको छ ।

नयाँ कानूनमा घरेलु कामदारलाई नयाँ कानुनले सातामा एक दिन बिदा दिनुपर्ने व्यवस्था गरेको छ । बिदामा काममा लगाउन नपाउने, बस्ने सुरक्षित आवास दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने, वर्षमा तीन साताको उपदान दिनुपर्ने, दिनमा आराम गर्ने सुविधा दिनुपर्ने, महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलब दिनुपर्ने वा तलब दिएको रसिद दिनुपर्ने, कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधि उपचारको सुविधा दिनुपर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ ।

नयाँ कानूनअनुसार घरेलु कामदारले आफुै करारपत्र र राहदानी राख्न पाउने छन् । करारपत्र अरबी र अंग्रेजीमा हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १२ : २२ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको