जाडोमा बाथको जोखिम किन हुन्छ ? « Khabarhub

जाडोमा बाथको जोखिम किन हुन्छ ?


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथरोग भएका बिरामीमा जोर्नीको पीडा अरुबेला भन्दा बढी हुन्छ । मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो दीर्घ रोग हो । लगातार ६ हप्ता भन्दा बढी समयसम्म जोर्नी दुख्यो भने बाथरोग भएको मानिन्छ । बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन । यसको असर छाला शरीरका अन्य अंग छाती, आँखा मुटुमा पनि हुने गर्दछ । बाथ रोग के हो ? यो के कारणले लाग्ने गर्दछ ? चिसो मौसममा किन यसले सताउँछ ? यसको उपचार विधि के हो ? यी र यस्तै विषयमा हाडजोर्नी विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठसँग पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो धेरै किसिमको हुन्छ । बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो ।

बाथ रोग भनेको के हो ?
मासु तथा जोर्नी र तन्तुको दुखाइलाई बाथ रोग भनिन्छ । यो धेरै किसिमको हुन्छ । बाथ रोगमध्ये युरिक एसिड पनि एउटा समस्या हो ।

जाडोमा बाथ रोगको जोखिम कति हुन्छ ?
जाडोमा जोर्नीको दुखाई अन्य मौसममा भन्दा बढी हुन्छ । जाडो मौसममा बाथ रोगका बिरामी पनि धेरै नै आउने गरेका छन् ।

जोर्नी चिसोले दुखेको र बाथ रोगले दुखेको कसरी थाहा पाउने ?
यो लामो समयसम्म लाग्ने दीर्घ रोग हो । एक दुई पटक जोर्नी, घुँडा दुख्दैमा बाथ रोग नै भएको भन्न मिल्दैन । कम्तिमा ६ हप्ता भन्दा बढी जोर्नी निरन्तर दुख्यो भने मात्रै बाथरोग भएको मानिन्छ । बाथरोग हुँदा जोर्नी दुख्नेसँगसँगै घुँडा सुन्निने, छाला, आँखा र मुटुमा समस्या देखिने गर्दछ ।

बाथ रोग के कारणले हुने गर्दछ ?
यही कारणले बाथ हुन्छ भन्ने छैन । तर धेरैजसोमा वंशाणुगत कारणले हुने गरेको छ । कसैकसैलाई चाहिँ भाइरल इन्फेक्सनका कारण पनि भएको पाइएको छ ।

एक दुई पटक जोर्नी, घुँडा दुख्दैमा बाथ रोग नै भएको भन्न मिल्दैन । कम्तिमा ६ हप्ता भन्दा बढी जोर्नी निरन्तर दुख्यो भने मात्रै बाथरोग भएको मानिन्छ । बाथरोग हुँदा जोर्नी दुख्नेसँगसँगै घुँडा सुन्निने, छाला, आँखा र मुटुमा समस्या देखिने गर्दछ ।

बाथ कुन उमेरमा लाग्ने गर्दछ ?
यो कुन बाथ हो भन्नेमा भरपर्छ । रिमाइटर अर्थटाइजर भन्ने बाथ वयस्कमा त्यो पनि धेरैजसो महिलामा देखिने गर्दछ। अर्को आइकालोजिष्ट अर्थटाइजर बाथ हुन्छ । जसमा ढाड, जोर्नी दुख्छ । त्यो बाथ युवा अवस्थाका पुरुषमा देखने गर्छ । युरिक एसिडका कारण हुने बाथ भने अली पाको उमेरका पुरुषमा देखा पर्छ ।

यसको रोकथाम कसरी गर्ने ?
यो यौटा वंशाणुगत कारण हुने भएकाले रोकथाम गर्न सकिने कुरा हुँदैन । तर चिसोबाट बच्ने, युरिक एसिड हुने खालका खानेकुरा नखाएमा यसबाट बच्न सकिन्छ । जस्तै रातो मासु, गेडागुडी, तामा, च्याउ, मादक पदार्थबाट टाढा रहने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ ।

नेपालमा बाथ रोगीको अवस्था कस्तो छ ?
नेपालमा सबैभन्दा बढी देखिने युरिक एसिड र रिमाइटर अर्थटाइजर खालको बाथ रोग हो । जुन युवा अवस्थाका पुरुषमा बढी देखिने गर्दछ ।

यसमा घरेलु उपचार के हुनसक्छ ?
अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ ।

कुन अवस्थामा अस्पताल जानुपर्छ ?
लामो समयदेखि जोर्नी, घुँडाहरु दुखिरहेको छ भने ढिलो नगरी अस्पताल जानुपर्छ । रगत जाँच गरिसकेपछि रोग पत्ता लाग्छ । यो दीर्घरोग भएकाले लामो समयसम्म नियमित चेकजाँच गर्नुपर्ने हुन्छ ।

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा बाथ रोग बढी देखिने गर्दछन् । सर्वप्रथम त चिसोबाट जोगिने, जोर्नीहरु दुखेमा तातोले सेक्ने, प्रर्याप्त मात्रामा आराम गर्ने गरेमा बाथलाई कम गर्न सकिन्छ ।

बाथ रोगसम्बन्धी आम मानिसले बुझ्नैपर्ने कुरा के हो ?
बाथरोग लागेपछि जोर्नी, घुँडा मात्रै दुख्ने होइन यसको असर छालामा शरीरका अन्य अंग छाती, आँखा मुटुमा पनि हुने गर्दछ । त्यसैले जोर्नी, घुँडाको पीडासँगसँगै आँखा रातो हुने, छालामा इन्फेक्सन हुने जस्ता लक्षण देखिने हुन्छ । समस्या देखिने बित्तिकै बाथरोग सम्बन्धी या हाडजोर्नीको चिकित्सकलाई भेटेर रोग पत्ता लगाएर उपचार गर्नुपर्छ ।

हाडजोर्नी विशेषज्ञ डा. प्रफुल्ल श्रेष्ठसँगको कुराकानी :

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ०१ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा