फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु « Khabarhub

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ को मृत्यु


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

मनिला– मध्य फिलिपिन्सको पहाडमा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको भएका छन् । 

मंगलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको प्रान्तीय विपत् एजेन्सीका प्रमुख रोडरिक ट्रेनले बताएका छन् । उनले सडकको त्यो भागलाई ‘सम्भावित दुर्घटना स्थल’ भन्दै अस्पतालमा सात जनाको अवस्था चिन्ताजनक र अन्य चारको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । 

मृत्यु हुनेमध्ये एक केन्याली रहेको र अर्का केन्याली गम्भीर घाइते भएको जनाइएको छ । प्रान्तीय गभर्नर रोडोरा काडियोका अनुसार बसमा चार केन्यालीसहित अधिकांश एन्टिकका बासिन्दा थिए । यद्यपि पछि प्रहरीले बसमा दुई जनामात्र केन्याली रहेको पुष्टि गरेको छ । एउटा शवको सनाखत हुन सकेको छैन । 

‘म त्यो स्थानलाई ‘हत्यारा मोड’ भन्छु, यो पहिला नै त्यहाँ खसेको दोस्रो सेरेस बस थियो’, बस कम्पनीको नाम उल्लेख गर्दै काडियोले भने, ‘यति धेरै सङ्ख्यामा मृत्यु भएकाले त्यो सडकलाई त्याग्नुपर्छ र सो क्षेत्रलाई सुरक्षित बनाउनका लागि अर्को सडक बनाउनुपर्छ ।’ उनका अनुसार घना जङ्गलको खाडल करिब ३० मिटर गहिरो थियो । 

ट्रेनका अनुसार बस अग्लो स्थानबाट खस्दा ठूलो मात्रामा क्षति भएको हो । ‘प्रत्यक्षदर्शीहरूका अनुसार यान्त्रिक गडबडीका कारण बस दुर्घटना भएको हो, सम्भवतः ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाएको हुनसक्छ’, उनले भने ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : ५७ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले