विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं ५ अ‍ाैं नम्बरमा « Khabarhub

विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा काठमाडौं ५ अ‍ाैं नम्बरमा


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व चर्चित ट्राभल वेबसाईट लन्ली प्लानेटले नेपालको राजधानी काठमाडौंले घुम्नैपर्ने विश्वका उत्कृष्ट १० शहरको सूचीमा समावेश गरेको छ ।

लन्ली प्लानेटले घुम्नैपर्ने विश्वका १० उत्कृष्ट शहरमध्ये काठमाडौंलाई ५ औं स्थानमा राखेको छ ।

सन् २०१९ का मा घुम्नैपर्ने विश्वका १० शहरमध्ये काठमाडौंलाई ५ नम्बरलाई राखेको लन्ली प्लानेटले यहाँको ट्राफिक व्यवस्था दशकयताकै राम्रो भएको पनि बताएको छ ।

सन् २०१५ को भूकम्पले केही कुरुप भएको काठमाडौं अहिलेको अवस्थामा घुम्नलायक शहरको रुपमा परिणत भइसकेको लन्ली प्लानेटको भनाइ छ ।

भूकम्पले भत्किएका ऐतिहासिक धरोहरहरु आफ्नो पुरानै मौलिक अवस्थामा आइसकेको तथा काठमाडौंको वातावरण शान्त रहेको वेबसाईटमा उल्लेख छ । काठमाडौंमा नियमित रुपमा विद्युत उपलब्ध हुनुका साथै ठाउँ ठाउँमा निःशुल्क वाइफाइको व्यवस्था भएको पनि लन्ली प्लानेटले उल्लेख गरेको छ ।

लन्ली प्लानेटले विश्वका घुम्नैपर्ने १० शहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोभी साद, चौथौमा अमेरिकाको मायामी र पाँचौमा नेपालको काठमाडौंलाई राखेको छ ।

यस्तै, छैटौंमा मेक्सिकाको मेक्सिको सिटी, सातौंमा सेनेगलको डाकर, आठौंमा अमेरिकाको सियाटल, नवौंमा क्रोसियाको जदार र सूचीको दशैं नम्बरमा मोरक्कोको मेक्नेज शहरलाई राखेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना