नगरकोट जाने सडक एक वर्ष भित्र बनाइसक्न समितिको निर्देशन « Khabarhub

नगरकोट जाने सडक एक वर्ष भित्र बनाइसक्न समितिको निर्देशन


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ससदीय समितिले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोट जाने सडक निर्माण प्रक्रियाका सम्बन्धमा चासो राखेको छ ।

दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुर–नगरकोट सडक खण्ड ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पूरा हुन नसकेपछि संघीय संसद, प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिले त्यसतर्फ चासो देखाएको हो ।

विसं २०७० सालमा १७ किलोमिटर सडक निर्माणका लागि शैलुङ कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । ३७ करोड ८७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सनले समयमै निर्माण सम्पन्न नगरेपछि समितिले सो सडक खण्डको स्थलगत अनुगमन गरि एक बर्ष भित्र निमार्ण सम्पन्न हुनेगरि कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

स्थलगत अवलोकनपछि आयोजित अन्तत्र्रिmयामा स्थानीयले सडक निमार्ण समयमै हुन नसक्दा नगरकोट क्षेत्रका होटल लगायतका व्यवसाय धरापमा परेको भन्दै क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले समितिका सदस्य अनुगमनमा आउने थाहा पाएपछि सडक ममत सुरु गरेको पनि बताए ।

ठेक्का सम्झौता पाएको शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिले भने समयमा रकम निकासा नभएकाले काम प्रभावित भएको दाबी गरेका छन् । कन्स्ट्रक्सनका प्रतिनिधि सुदन गौलीले झण्डै ९ करोड रुपैयाँ निकासा हुन नसकेको बताए ।

भारतको एगजिम बैंकको सहयोगमा विस्तार हुन लागेको यो सडक आयोजना आर्थिक बर्ष २०७२/७३ भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो । भक्तपुरको कमलविनायक–नगरकोट सडक आयोजनाको निर्माण ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी हुन् । अधिकारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी समेत हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १ : १२ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर