किन रोए किम जोङ उन ? « Khabarhub

किन रोए किम जोङ उन ?


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन निकै कठोर शासक मानिन्छन् । तानाशाही शासन चलाइरहेका किमको अन्तर्राष्ट्रिय छवि पनि कठोर र निर्दयी नेताको रुपमा रहेको छ ।

उत्तर कोरियामा मानव अधिकारको अवस्था पनि दयनीय रहेको छ भने त्यहाँ स–सानो अपराध वा गल्तीका लागि पनि कठोर दण्ड दिइन्छ । केही वर्षअघि किममाथि मलेसियाको विमानस्थलमा आफ्नै सौतेनी दाजुको हत्या गराएको आरोप लागेको थियो ।

यति कठोर र निर्दयी नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा आँशु खसालेको बिरलै देख्न पाइन्छ । सन् २०११ मा आफ्ना पिता किम जोङ इलको निधन भएका बखत उनी डाँको छाडेर रोएका थिए ।

उनी फेरि एक पटक भावुक बनेका छन् । हालै देशका महिलाहरुलाई सम्बोधन गर्दा उनले आफूलाई सम्हाल्न सकेनन् । राजधानी प्योङयाङमा आयोजित आमाहरुको पाचौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले महिलाहरुलाई धेरैभन्दा धेरै बच्चा जन्माउन आग्रह गरे ।

देशमा जन्मदर घट्दै गइरहेको भन्दै उनले महिलाहरुलाई सकेसम्म धेरै बच्चा जन्माउन र बच्चाहरुलाई कम्युनिष्ट सिद्धान्त सिकाएर हुर्काउन आग्रह गरे । यति भन्दै गर्दा उनी निकै भावुक देखिन्थे ।

‘घट्दो जन्मदरलाई रोक्न र बच्चालाई राम्रोसँग हुर्काउनु हाम्रो पारिवारिक दायित्व हो ।’ यति भन्दै गर्दा उनले आफूलाई रोक्न सकेनन् । र, रुमालले आँशु पुछे ।

एक तथ्यांकअनुसार उत्तर कोरियाको जन्मदर लगातार घट्दो क्रममा छ । सन् २०१४ मा उत्तर कोरियाको जन्मदर १ दशमलब ८८ रहेकोमा सन् २०२२ सम्म आइपुग्दा यो घटेर १ दशमलब ७९ मा झरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : २४ बजे

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड

टीकापुर– टीकापुर नगरपालिकाले १९औँ नगरभाले आगामी आर्थिक वर्ष २०८३/८४ को

दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा