किन रोए किम जोङ उन ? « Khabarhub

किन रोए किम जोङ उन ?


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन निकै कठोर शासक मानिन्छन् । तानाशाही शासन चलाइरहेका किमको अन्तर्राष्ट्रिय छवि पनि कठोर र निर्दयी नेताको रुपमा रहेको छ ।

उत्तर कोरियामा मानव अधिकारको अवस्था पनि दयनीय रहेको छ भने त्यहाँ स–सानो अपराध वा गल्तीका लागि पनि कठोर दण्ड दिइन्छ । केही वर्षअघि किममाथि मलेसियाको विमानस्थलमा आफ्नै सौतेनी दाजुको हत्या गराएको आरोप लागेको थियो ।

यति कठोर र निर्दयी नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा आँशु खसालेको बिरलै देख्न पाइन्छ । सन् २०११ मा आफ्ना पिता किम जोङ इलको निधन भएका बखत उनी डाँको छाडेर रोएका थिए ।

उनी फेरि एक पटक भावुक बनेका छन् । हालै देशका महिलाहरुलाई सम्बोधन गर्दा उनले आफूलाई सम्हाल्न सकेनन् । राजधानी प्योङयाङमा आयोजित आमाहरुको पाचौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले महिलाहरुलाई धेरैभन्दा धेरै बच्चा जन्माउन आग्रह गरे ।

देशमा जन्मदर घट्दै गइरहेको भन्दै उनले महिलाहरुलाई सकेसम्म धेरै बच्चा जन्माउन र बच्चाहरुलाई कम्युनिष्ट सिद्धान्त सिकाएर हुर्काउन आग्रह गरे । यति भन्दै गर्दा उनी निकै भावुक देखिन्थे ।

‘घट्दो जन्मदरलाई रोक्न र बच्चालाई राम्रोसँग हुर्काउनु हाम्रो पारिवारिक दायित्व हो ।’ यति भन्दै गर्दा उनले आफूलाई रोक्न सकेनन् । र, रुमालले आँशु पुछे ।

एक तथ्यांकअनुसार उत्तर कोरियाको जन्मदर लगातार घट्दो क्रममा छ । सन् २०१४ मा उत्तर कोरियाको जन्मदर १ दशमलब ८८ रहेकोमा सन् २०२२ सम्म आइपुग्दा यो घटेर १ दशमलब ७९ मा झरेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : २४ बजे

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई

खोटाङमा शिक्षकलाई स्थानीय भत्ताको व्यवस्था

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

भैरहवा –सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

काठमाडौं – ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

बार्सिलोनाले रियल बेटिसमाथि गर्यो पाँच गोल, टोरेसको ह्याट्रिक

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले