एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन : ओली « Khabarhub

एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन : ओली


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

गुल्मी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् । यही मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु गरेको यात्राको सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

“हरेक नागरिकले शान्ति सुरक्षासँगै सम्मानित जीवन जिउन पाउनुपर्छ”, अध्यक्ष ओलीले भने, “एमालेबाहेक अरु कसैले देश बनाउन सक्दैन ।”

समृद्धिका लागि सङ्कल्प यात्रा भन्दै एमालेले मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा चलाइरहेको छ । जसअन्तर्गत गुल्मीको वामीटक्सार पुग्नेका ओलीले जनताको सुझाव लिन, समस्या बुझ्न, मागपत्र बुझ्न, विकासका योजनाको जानकारी लिन र मध्यपहाडी लोकमार्गको अवलोकन गर्न सङ्कल्प यात्रा चलाइरहेको बताए ।

लुम्बिनी प्रदेशअन्तर्गतको क्षेत्र राष्ट्रको प्रतिनिधित्वको क्षेत्र भएको भन्दै ओलीले एमालेलाई जनताको थप साथ र सहयोग चाहिने बताए । आगामी निर्वाचनमा एमालेलाई बहुमतसहित जिताएमा मात्र देश समृद्ध बन्न सक्ने अध्यक्ष ओलीको दाबी छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३४ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३