चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ « Khabarhub

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य समस्तिपुर जिल्ला घर भइ काठमाडौंको तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार, भारतको मोतीहारी जिल्ला राजापुर घर भइ तिलगंगामै बस्ने १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौंको नागार्जुन नगरपालिका ६ सितापाईलाका वर्ष ३० को बिक्रम गर्तौला रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।

गत मंसीर ५ गते राति गौशलास्थित बालकृष्ण श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १० : १३ बजे

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने