कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने « Khabarhub

कारबाही हुने भएपछि हच्किए वायुसेवा सञ्‍चालक, अपर लिमिटमा टिकट नबेच्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाढीपहिरोका कारण देशभर यातायात आवागमन प्रभावित भएको मौका छोपी एकाएक उच्चतम मूल्यमा टिकट बेच्न थालेका वायुसेवा सञ्‍चालकहरू हच्किएका छन्‌ ।

विपद्‌का बेला सास्तीमा परेका यात्रुलाई अभरमा पारेर नाफा कमाउन खोजेको भन्दै आलोचना भएपछि कम्पनीहरूले हवाई टिकटको मूल्य अपर लिमिटबाट तल झारेका हुन्‌ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण यतिखेर काठमाडौं आवतजावत गर्ने अधिकांश नाका ठप्प छन्‌ । ठाउँ-ठाउँमा पहिरो झरेका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध छन्‌ ।

तीन दिनको वर्षाले सडक यातायात सञ्‍जाल तहसनहस बनाएपछि यात्रुहरूले गन्तव्यमा पुग्न हवाई मार्ग नै रोज्नुपर्ने बाध्यता छ । यही बाध्यताको फाइदा उठाउँदै निजी वायुसेवा प्रदायक कम्पनीहरूले शनिबार दिउँसो मौसम खुलेसँगै आन्तरिक उडानको भाडा ह्वात्तै बढाएका थिए ।

हवाई भाडा अचाक्ली बढाएको भन्दै सरकारकै व्यापक आलोचना भएपछि अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उतैबाट विपत्तिको समयमा पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै मूल्यमा भाडा लिन अनुरोध गरेका थिए ।

प्रधानमन्त्रीले अनुरोध गर्दा पनि हवाई भाडा नघटाएपछि आइतबार नै बसेको संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा वायुसेवा प्रदायक कम्पनीहरूमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो । समिति बैठकले अस्वाभाविक रूपमा हवाई भाडा दर बढाइएको उल्लेख गर्दै नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पका रूपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीले आफूखुसी हवाई भाडा बढाउँदा आम नागरिकमा यसले ठुलो असर पारेको देखिन्छ’, समितिले दिएको निर्देशनमा लेखिएको छ, ‘तसर्थ हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आवश्यक निर्देशन गर्दछु ।’

पछि हट्यो संघ

पानी पर्न कम हुनासाथ शनिबारकै उडानमा हवाई टिकटको मूल्य अपर लिमिटमा पुर्‍याएका वायुसेवा कम्पनीहरूले चौतर्फी दबाब खेप्नुपर्दा पछि हटेका छन्‌ ।

वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्‍चालक संघ नेपालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार)देखि असोज १६ गते बुधबारसम्म नेपाल सरकारले तोके बमोजिम अपर लिमिटमा लिँदै आएको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको हो ।

संघले सरकारसँग परल मूल्यमा हवाई इन्धन उपलब्ध गराउन पनि आग्रह गरेको छ । हवाई इन्धनको मूल्य घटाउँदा यात्रामा लाग्दै आएको फ्यूल सजचार्ज स्वतः घट्ने र त्यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाउने संघले दाबी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि वायुसेवा कम्पनीहरूलाई लगाउँदै आएको ल्याण्डिङ, पार्किङ, नेभिगेसन र यात्रु सेवा शुल्क लगायत अन्य दस्तुरहरूमा छुट दिनुपर्ने संघको माग छ ।

अपर लिमिट हटाउने भने पनि आइतबार बेलुकीसम्म पनि कम्पनीहरूले अधिकतम मूल्यमै हवाई टिकट बिक्रीमा राखेका छन्‌ । घटाएकाहरूले पनि टिकटको मूल्यमा केही सय रुपैयाँमात्रै तलमाथि गरेका छन्‌ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको