यथास्थितिमा देश अघि बढ्न नसक्ने राप्रपाको निष्कर्ष « Khabarhub

यथास्थितिमा देश अघि बढ्न नसक्ने राप्रपाको निष्कर्ष


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।

बिहीबार काठमाडौंमा बसको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राजनीतिक, सामाजिक, आर्थिकरूपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको भन्दै यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्षका साथ सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो । 

बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई  परिमार्जन सहित पारित गरेको छ भने आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दलहरू संघ संस्थाहरू र अभियन्तालाई आह्वान गर्ने निर्णय गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । केन्द्रीय कार्यसमितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने उनले बताएका छन् । 

त्यस्तै बैठकले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय र सवै तहमा उत्सवको रुपमा मनाउने निर्णय भएको उनले बताए । बैठकले राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने र यस सम्बन्धमा अन्य दुःसङ्ग आवश्यक सहयोग जुटाउन र सम्वादन गर्न पार्टीका राजनीतिक विभाग प्रमुख एवं बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले लिङ्देनले बताए ।

त्यसैगरी राप्रपाले इलाममा हुने उपनिर्वाचनको तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ भने राप्रपा नियमावली २०८० का मस्यौदालाई विधान मस्यौदा समितिमा पठाई समितिको राय सहित केन्द्रीय समितिको बैठकमा पेश गर्ने निर्णय भएको अध्यक्ष लिङ्देनले जानकारी दिए। उनले एनसेलको सेयर खरिद बिक्री प्रकरण राष्ट्रहित विपरित देखिएकाले राज्यले अनुसन्धान गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ३ : ३५ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको