बेललाई लैजाने चिनियाँ क्लबको प्रस्ताव रियलबाट अस्वीकृत « Khabarhub

बेललाई लैजाने चिनियाँ क्लबको प्रस्ताव रियलबाट अस्वीकृत


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेल्सका स्टार खेलाडी तथा स्पेनिस महारथि रियल मड्रिडका स्टाइकर ग्यारेथ बेलका लागि आएको चिनियाँ क्लबको प्रस्ताव रियलले रद्द गरेको छ ।

सरुवा बजार खुल्ला भएका बेला चिनीयाँ सुपर लिग क्लब याङ्सु सुनिङबाट आएको प्रस्ताव रियलले अस्वीकार गरेको हो । याङ्सुले बेलसँग ३ बर्षका लागि हप्ताको १ मिलियन पाउण्ड पारिश्रमिक दिने योजनासहित हस्ताक्षर गर्न खोजेको थियो ।

तर, रियलले तत्काल बेललाई पठाइहाल्ने योजना नरहेको बताउँदै सम्झौता रद्द गरेको हो ।

अघिल्लो हप्ता रियलका प्रशिक्षक जिनेदिन जिदानले बेललाई जतिसक्दो छिटो क्लब छाड्न भनेपछि उनी कहाँ जालान् भन्ने तरिकाको कुरा भइरहँदा रियलले चिनीया क्लबसँगको सम्झौता भने रद्द गरेको छ ।

६ बर्षअगाडि टोटनह्यामबाट रियल मड्रिड आउँदा ८५ मिलियन पाउण्ड स्ट्रलिङमा आवद्ध भएका थिए । बेल रियलमा आइसकेपछि रियलले ४ पटक च्याम्पियन्स लिग उपाधि उचालेको थियो ।

जसमा उनले च्याम्पियन्स लिगको फाइनलमा मात्रै ३ गोल गरेका छन् । रियलले २०१४, २०१६, २०१७ र २०१८ मा च्याम्पियन्स लिग ट्रफी उचालेको थियो । रियलमा रहँदा बेललाई इन्जुरीले पनि सतायो । जसमा उनले पछिल्ला ४ सिजनमा ला लिगामा मात्रै ७९ खेल खेलेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ३ : ०३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा