एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो « Khabarhub

एनसेल सेयर खरिदबिक्री प्रकरण : अध्ययन तथा छानबिन समितिले काम थाल्यो


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम थालेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिदबिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णय सार्वनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिव १३ अर्व नेपाली रुपैया ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन् ।

जर्मन सरकारबाट प्रस्तावित करिब पाँच अर्ब नौ करोड अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय भएको उनको भनाइ छ । पोलिटेक्निक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरब सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको उनले बताइन् ।

मन्त्रिपरिषद्ले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना स्वीकृत गर्ने, नेपाल वादी हुने फौजदारी मुद्धाको अनुसन्धान तथा अभियोजनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ११ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा