आज २०८० साल मंसिर २३ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल मंसिर २३ गते शनिबारको राशिफल


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आज २०८० साल मंसिर २३ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन सामान्य राम्रो छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राम्रो कामको चर्चा हुनेछ ।  आम्दानी बढ्नेछ।

वृष : प्रेम सम्बन्ध र दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ।

कर्कट : धार्मिक क्षेत्रमा मन जानेछ। भगवान रामको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ।

सिंह : दाम्पत्य जीवन सुखमय रहला। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथावत रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल मिल्नेछ। आम्दानी पनि बढ्ने दिन रहेको छ। पठनपाठनमा भने आलश्य बढ्नेछ। सामाजिक क्षेत्रमा मानसम्मान पाउने योग रहेको छ।

कन्या : दिन सामान्य राम्रो छ। आफ्नो प्रभावले गर्दा कुरा काट्नेहरु निस्तेज हुनेछन्। पठनपाठनमा रुची बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।

तुला : आर्थिक, सामाजिक, राजनीतिको क्षेत्र सबल छ। पठनपाठनमा रुची बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीले राम्रो नतिजा मिल्नेछ। पारिवारिक सम्बन्धमा झपडा हुने देखिएको छ। धार्मिक क्षेत्रमा मन जानेछ।

वृश्चिक : दैनिकी चलाउनेभन्दा अरु केही पनि नसोच्नुहोला। सोचेर मात्र बोल्नुहोला।

धनु : आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा अब्बल ठहरिनुहुनेछ। शिक्षाको क्षेत्रमा भने आलस्य बढ्नेछ। व्यापार व्यवसायमा निकै राम्रो नतिजा आउनेछ। रोगबाट छुटकारा मिल्नेछ। प्रेममा धोका पाइनेछ।

मकर : बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। अन्य क्षेत्र यथावत छन्। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। खुसी बढ्नेछ। परिवारिक सुख प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। बोलीमा मिठास आउनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उल्लेखनीय नतिजा हात लाग्नेछ। स्वास्थ्यमा समस्या हुनेछ।

मीन : प्रशंसा पाउने दिन छ। खुसी बढ्नेछ। वैदेशिक मामिलामा सफलता मिल्नेछ। प्रेममा भने संघर्ष गर्नुपर्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : २१ बजे

कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र : देउवा

पाटन– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस

पकेट क्षेत्रमा आलु उत्पादन घट्यो

म्याग्दी– आलु उत्पादनको पकेट क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगी, राम्चे,

विकास समस्या समाधान समितिको बैठक : अर्थतन्त्र चलायमान गर्न ‘बिग पुस’ गर्नुपर्ने

काठमाडौं- मन्त्रालयस्तरको विकास समितिको बैठकमा अर्थतन्त्रलाई चलायमान बनाउन थप काम

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन