रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए « Khabarhub

रारामा चार महिनामा चार हजार पर्यटक भित्रिए


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

यस वर्ष रारामा पर्यटक आगमन आशालाग्दो हिसाबले बढिरहेको कार्यालयका सूचना अधिकारी जयहरि धितालले बताएका छन्। दसैँ–तिहार बिदाको मौका पारेर रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो । 

पर्यटकको आगमन बढेसँगै चार महिनामा रू १२ लाख राजस्व संकलन भएको धितालले जानकारी दिएका छन् । गत वर्ष रारा भ्रमणमा आन्तरिक पर्यटक ११ हजार, सार्क मुलुकबाट २६ र अन्य विदेशी एक सय ८३ जना आएका निकुञ्जले जानकारी दिएको छ । 

रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रू एक सय, सार्क मुलुककासँग प्रतिव्यक्ति रू एक हजार पाँच सय र अन्य विदेशीसँग रू तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको धिमालले जानकारी दिएका छन् । 

हवाईमार्गबाट ७५ र सडकमार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसकेको छैन । 

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  २ : ०३ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार