दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला « Khabarhub

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताएका छन् । आज आयोजित ‘सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इञ्जिनियरिङ फर्म’ स्काफको ३३औँ वार्षिकोत्सव तथा ‘इमर्जिङ च्यालेन्ज अफ कन्सल्टिङ फर्म्स’ विषयक कार्यक्रममा उनले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखे मात्रै मुलुकको आर्थिक समृद्धि हासिल हुने बताए ।

पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न समस्या देखिँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको मन्त्री ज्वालाको भनाइ थियो । “निर्माण क्षेत्रमा अनेकौँ समस्या र चुनौती छन् । समयमा काम सुरु नहुने, प्रक्रिया पूरा गर्न ढिलो हुने, सुरु भइसकेका आयोजनामा समयमा काम नसकिने, प्रशासनिक तथा कानुनी झन्झटलगायत छन्”, उनले भने, “पूर्वाधारको विकासबाटै समृद्धिको ढोका खुल्छ भन्नेमा हामी स्पष्ट छौँ । वार्षिक नीति कार्यक्रम र बजेटमा जे प्रतिबद्धता सरकारले जनाएको छ, त्यसको पालनामा हामी प्रतिबद्ध छौँ ।”

नेपालमा दिगो प्रकृतिको पूर्वाधार निर्माणका लागि गर्नुपर्ने सुधारबारे सरकारलाई सुझाव दिन मन्त्री ज्वालाले सबैलाई आग्रह गरे । निर्माण क्षेत्रमा देखिएका नीतिगत, कानुनी, प्रशासनीकलगायत झन्झट हटाउन सरकार जिम्मेवार भएर लाग्ने उनले प्रतिबद्धता जनाए ।

विकास निर्माणका काममा परामर्शदाता कम्पनी कन्सल्टेन्सीको महत्वपूर्ण भूमिका रहेपनि यस्ता कम्पनीलाई इजाजतपत्र दिन कानुनी समस्या रहेकाले नयाँ ऐन ल्याएर सम्बोधन गर्ने तयारीमा सरकारका रहेको मन्त्री ज्वालाको भनाइ थियो । परामर्शदाता सेवासँग सम्बन्धित विधेयकको मस्यौदा तयार हुने क्रममा रहेको उनले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले परामर्शदाता कम्पनीलाई विश्वास गरेर सबै पूर्वाधार निर्माणमा जोड्ने गरेको बताए । उनले कामको गुणस्तर र समयमा आयोजना सक्ने कुरामा भने सधैँ चुनौती रहने गरेको बताए । आयोजनाको काम समयमा सम्पन्न गर्न परामर्शदाता कम्पनी पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । परामर्शदाता कम्पनीले भोगिरहेका समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको शर्माले बताए ।

पूर्वाधार आयोजनाको गुणस्तर कायम गर्ने सन्दर्भमा परामर्शदाताको मुख्य भूमिका रहने उल्लेख गर्दै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले परामर्शदाता कम्पनीबीच पर्याप्त प्रतिस्पर्धाको वातावरण नहुँदा समस्या उत्पन्न भएको बताए । परामर्शदाता कम्पनीले अहिले गरिरहेका काममा सुधार गर्नुपर्ने धेरै विषय रहेकाले सरकार र सम्बन्धित निकायले यसमा ध्यान पुर्‍याउनु पर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : २६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच