प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौति थपिएको बताएका छन् ।

मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार शितल निवासमा आयोजना गरेको र्काक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको र चुनौति पनि थपिएको बताएका हुन् ।

विश्वव्यापीकरण र खुला बजारमा हुने अस्वस्थ प्रतिस्पर्धाका कारण वस्तु र सेवाको उत्पादनदेखि उपभोक्तासम्म पुग्ने आपूर्ति श्रृङ्खलाका विभिन्न चरणमा संलग्न श्रमिक र सीमान्तकृत समुदायको आधारभूत मानव अधिकारको सुनिश्चितताको विषय थप चुनौतीपूर्ण बन्न पुगेको उनले बताए ।

उनले मानव अधिकारका आधारभूत मूल्य मान्यताहरूलाई वर्तमान समयका समस्या र चुनौतीहरूको सम्बोधन गर्ने अन्तर्राष्ट्रिय समुदायको आपसी सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखेको धारणा राखे । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राजनीतिक अधिकारको सन्दर्भमा समावेशी प्रतिनिधित्वको नीति सकारात्मक देखिए पनि अर्थपूर्ण सहभागिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको बताए ।

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रमा नेपालले स्वीकार गरेका सिफारिसहरू कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ४ : ३७ बजे

पर्सामा पोषण पूरकमा पाँच गुणाभन्दा बढी असुल्ने पक्राउ

पर्सा – पोषण पूरक औषधि (फुड सप्लिमेन्ट औषधि)को पाँच गुणाभन्दा

प्रधानमन्त्री ओलीसँग इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीको छुट्टछुट्टै भेटवार्ता

स्पेन – संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका

असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

काठमाडौं – प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’

कांग्रेस नेता महरले भने: महाधिवेशनबारे भ्रम चिर्न तत्काल मिति घोषणा गर्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५

‘सिनेमा आर्ट्स’को सम्मान पत्र बाँसुरी फिल्मस्लाई, रौनक भन्छन् : मलाई त लाज भयो

काठमाडौं – फिल्म ‘कबड्डी कबड्डी’ निर्माता रौनक विक्रम कँडेल र