जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर « Khabarhub

जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

पाटन – उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने बताएकी छन् । सामाजिक न्याय र समानताका लागि नेपाल महिला एकता समाजद्वारा आज शङ्खमूलमा आयोजित १५औँ राष्ट्रिय महिला सम्मेलनमा उनले जग्गाको लालपुर्जासँग बत्ती, पानीलगायत नागरिकका अत्यावश्यकीय सेवासुविधा जोडिएको र लालपुर्जा नहुँदा नागरिक अधिकारबाट वञ्चित हुँदा महिलाहरु बढी पीडित हुनुपरेको धारणा राखिन् ।

‘जग्गाको लालपुर्जासँग बत्ती, पानीको सेवासुविधा जोडिएको छ । यसले नागरिकहरू अधिकारबाट वञ्चित भए, यो समस्याले देशकै लागि पनि हानि भएको छ । हदबन्दी बढी जग्गा हडप्नेहरूबाट लिएर भूमिहीनलाई दिनुपर्छ । जग्गाको खनजोत गर्नेमा महिलाहरू प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । जो संलग्न हुन्छ, त्यसैको नाममा जग्गाको लालपुर्जा नहुँदासम्म समस्या रहन्छ’, उपसभामुख रानामगरले भनिन् ।

नेपाल महिला एकता समाजका अध्यक्ष बिना बुद्धाचार्यले संविधानप्रदत्त नागरिकको मौलिक हक सुनिश्चित गरी आवश्यक व्यवस्थापनका लागि राज्यको ध्यानाकर्षण गराउन उपसभामुख रानामगरलाई ज्ञापनपत्र प्रदान गरिन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ९ : ४५ बजे

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको