चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त « Khabarhub

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म पुग्ने सशक्त माध्यम भएको बताएका छन् ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा जारी नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करणको दोस्रो दिन आज ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ विषयक छलफलमा नेता पन्तले चलचित्रमार्फत बलियो रुपमा विचार अभिव्यक्त गर्न सम्भव हुने धारणा राखे ।

‘चलचित्रबाट सिर्जना हुने आवाज र यसले पार्ने प्रभावलाई यहाँ बुझ्न सकिएको छैन । छिमेकी देश भारतमै हेर्‍यौँ भने त्यहाँ चलचित्रको माध्यमबाट केही पार्टीले सत्ता प्राप्तिमा समेत सफलता हासिल गरेका छन्’, नेता पन्तले भने । उनले आफू चलचित्रको राम्रो दर्शक रहेको भन्दै चलचित्रलाई मनोरञ्जनका रुपमा मात्रै लिन नहुनेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)की नेत्री अञ्जना विशङ्खेले आफूले चलचित्र संस्कृतिलाई सौन्दर्य शास्त्रमा ल्याउने माध्यमका रुपमा बुझेको बताइन् । ‘जनयुद्धलाई सङ्गीत र संस्कृतिले अगाडि बढाउन मद्दत गरेको थियो । त्यसैले यसको प्रभावकारिताको विषयमा म पूर्णरुपमा जानकार छु”, नेत्री विशङ्खेले भन्नुभयो, “नेतृत्व गर्ने नेताहरूले बुझेर पनि यसलाई अगाडि बढाउन चासो नदिनुभएको हो । यो गाह्रो पर्दा चाहिने वस्तुमा मात्र सीमित भयो ।’

उनले संविधान निर्माण भएपछि नेता र राज्यले चलचित्र क्षेत्रलाई अगाडि बढाउन मद्दत नगरेको धारणा राखिन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ४३ बजे

सरकारले लहड र सनकका भरमा निजी क्षेत्रमाथि धरपकड गर्‍यो : थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको

क्रियाशील सदस्यता अद्यावधिक गर्दै कांग्रेस, तल्लो तहका सदस्यका समस्या समाधानमा जोड

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा सक्रिय

सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : ट्रम्प

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको

‘पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको

छुसाङ–घमी सडक स्तरोन्नति गर्न स्रोत सहमति सुनिश्चित

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत