चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त | Khabarhub Khabarhub

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म पुग्ने सशक्त माध्यम भएको बताएका छन् ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा जारी नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करणको दोस्रो दिन आज ‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’ विषयक छलफलमा नेता पन्तले चलचित्रमार्फत बलियो रुपमा विचार अभिव्यक्त गर्न सम्भव हुने धारणा राखे ।

‘चलचित्रबाट सिर्जना हुने आवाज र यसले पार्ने प्रभावलाई यहाँ बुझ्न सकिएको छैन । छिमेकी देश भारतमै हेर्‍यौँ भने त्यहाँ चलचित्रको माध्यमबाट केही पार्टीले सत्ता प्राप्तिमा समेत सफलता हासिल गरेका छन्’, नेता पन्तले भने । उनले आफू चलचित्रको राम्रो दर्शक रहेको भन्दै चलचित्रलाई मनोरञ्जनका रुपमा मात्रै लिन नहुनेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र)की नेत्री अञ्जना विशङ्खेले आफूले चलचित्र संस्कृतिलाई सौन्दर्य शास्त्रमा ल्याउने माध्यमका रुपमा बुझेको बताइन् । ‘जनयुद्धलाई सङ्गीत र संस्कृतिले अगाडि बढाउन मद्दत गरेको थियो । त्यसैले यसको प्रभावकारिताको विषयमा म पूर्णरुपमा जानकार छु”, नेत्री विशङ्खेले भन्नुभयो, “नेतृत्व गर्ने नेताहरूले बुझेर पनि यसलाई अगाडि बढाउन चासो नदिनुभएको हो । यो गाह्रो पर्दा चाहिने वस्तुमा मात्र सीमित भयो ।’

उनले संविधान निर्माण भएपछि नेता र राज्यले चलचित्र क्षेत्रलाई अगाडि बढाउन मद्दत नगरेको धारणा राखिन्।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  १० : ४३ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई

हेग – टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको

४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’

काठमाडौं – गत जनवरीमा तेलगु फिल्म ‘गेम चेन्जर’ प्रदर्शनमा आएको

पाँच शतक प्रहार गरेको टेस्ट सिरिजमा भारत पराजितः इङ्ग्ल्यान्ड पाँच विकेटले विजयी

लिड्स – इङ्ग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा पाँच विकेटको जित हात

इरानको आणविक केन्द्र नष्ट नभएको अमेरिकी सेनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक !

इरान – इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको