१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा « Khabarhub

१२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहेको अनुगमन कार्यालयले आदर्श कन्स्ट्रक्सन गोलबजार सिरहा, पोखरा– ८ कास्कीको त्रिवेणी निर्माण सेवा, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालगायतलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका अन्य कम्पनीहरूमा श्री गंगोत्री देवी निर्माण सेवा, नेपालगञ्ज, श्री कमल कन्स्ट्रक्सन पाँचथर, अनामिका कन्स्ट्रक्सन बाँके, भाबेश कन्स्ट्रक्सन प्रालि बाँके, ऊर्जा–कुशभ–मष्ट जेभी काठमाडौँ, प्रान्जल निर्माण सेवा जुम्ला, रोहित निर्माण सेवा, पर्सा, पारस निर्माण सेवा बझाङ र रुमानी निर्माण सेवा सुर्खेत रहेका छन् ।

कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जनाइएको छ । कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ५३ बजे

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको

कांग्रेसको वडा अधिवेशन सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको

नेपालको संविधान : शान्ति र सहकार्यको साझा दस्तावेज

काठमाडौं- कुनै पनि देशको संविधान राज्यअर्थात् शासन सञ्चालनको कानुनी दस्तावेज

‘विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ’

काठमाडौं- लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज ११

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९