२०२३ मा कामले चर्चामा आएका बलिउड ‘स्टार किड’ « Khabarhub

२०२३ मा कामले चर्चामा आएका बलिउड ‘स्टार किड’


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष २०२३ समाप्त हुन केही दिन मात्रै बाँकी छ । यो वर्ष बलिउडमा शाहरुख खान, सलमान खान, सन्नी देवल, बबी देवल, रणवीर कपुरलगायतका सुपरस्टारको व्यवसायिक रुपमा सफल रह्यो ।

अर्कोतर्फ यो वर्ष बलिउडमा ‘स्टार किड’ को समेत चहलपहल देखियो । धेरै स्टार किडहरुले यो वर्ष डेब्यू गरे । यो सूचीमा बलिउड महानायक अमिताभ बच्चनका नातिदेखि सलमान खानकी भान्जी समेत अटाएका छन् ।

सुहाना खान

शाहरुख खानकी छोरी सुहाना यो वर्ष धेरै चर्चाका आएकी स्टार किड हुन् । उनले यो वर्ष ‘द आर्चिज’ फिल्ममार्फत् बलिउडमा डेब्यू गरेकी हुन् । यो फिल्म अहिले ओटीटी प्लेटफर्ममा उपलब्ध छ । उनले यही फिल्मको गीत ‘जब तुम ना थे’ बाट गायनमा समेत डेब्यू गरेकी छिन् ।

अलिजेह अग्निहोत्री

अलिजेह अग्निहोत्री सलमान खानकी भान्जी अर्थात् सलमानकी बहिनी अलभिराकी छोरी हुन् । उनले यही वर्ष नोभेम्बर २४ बाट प्रदर्शनमा आएको फिल्म ‘‘फर्रे’ मार्फत् डेब्यू गरेकी हुन् ।

अगस्त्य नन्दा

अगस्त्य नन्दा बलिउड महानायक अमिताभ बच्चनका नाती अर्थात् अमिताभकी छोरी श्वता बच्चनका छोरा हुन् । अगस्त्य र शाहरुखकी छोरी सुहानाले एउटै फिल्मबाट डेब्यू गरेका हुन् । उनीहरुको डेब्यू फिल्म द आर्चिजले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यसबाहेक पनि अन्य स्टार किडले यो वर्ष बलिउडमा डेब्यू गरेका छन् । सनी देवलका छोरा राजवीर देओलले ‘दोनों’ फिल्ममार्फत् बलिउडमा डेब्यू गरे भने शाहरुख खानका छोरा आर्यन खानले ‘स्क्रिप्ट राइटिङ’ मा डेब्यू गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ४० बजे

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा