कुकुरमा डिस्टेम्पर रोग भेटियो, सचेत रहन आग्रह « Khabarhub

कुकुरमा डिस्टेम्पर रोग भेटियो, सचेत रहन आग्रह


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ ।

महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् ।

स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन । कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरु गरेको विभागले जनाएको छ ।

विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ ।

महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्नका लागि बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ । आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइने महानगरको भनाइ छ । हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : १८ बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्