कपाल काट्न कुन बार शुभ हुन्छ ?  « Khabarhub

कपाल काट्न कुन बार शुभ हुन्छ ? 


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मशास्त्र अनुसार साताको केही बारलाई कपाल काट्न वा नङ, दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई अत्यन्तै शुभ मानिएको छ ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई वेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

साताको पहिलो बार अर्थात् आइतबारलाई सूर्यको बार मानिन्छ । यो दिन भगवान् सूर्यको पूजा गर्ने र व्रत पनि बस्ने गरिन्छ ।

आइतबार कपाल काट्दा धर्म, धन र बुद्धिको नाश हुने महाभारतको अनुशासन पर्वमा उल्लेख गरिएको छ ।

त्यसै गरी सोमबार पनि कपाल काट्नु राम्रो मानिँदैन । यस दिन कपाल काट्दा मानसिक दुर्बलता हुने र सन्तानलाई हानी गर्नुका साथै असामयिक मृत्यु समेत गराउन सक्ने धार्मिक शास्त्रमा उल्लेख छ ।

ज्योतिष शास्त्रका अनुसार मंगलबार मङ्गलको दिन हो । यो दिन कपाल काट्दा अशुभ प्रभाव पर्छ । आयुलाई हानी गराउन सक्ने मान्यता रहेको छ ।

बुधबार कपाल काट्नु निकै राम्रो मानिएको छ । यो दिन कपाल काट्दा धन आउने र परिवारका सदस्यमा खुसी आउने महाभारतको अनुशासन पर्वमा उल्लेख गरिएको छ ।

बिहीबार धन नास हुने मानिन्छ र मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास रहेको छ ।

शुक्रबार कपाल काट्नु राम्रो मानिन्छ । शुक्रबारलाई सौन्दर्यको दिन मानिन्छ ।

शनिबार कपाल काट्नुलाई असाध्यै अशुभ मानिएको छ । यसले मृत्युको भय बढ्ने मानिन्छ । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : २९ बजे

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८