कपाल काट्न कुन बार शुभ हुन्छ ?  « Khabarhub

कपाल काट्न कुन बार शुभ हुन्छ ? 


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मशास्त्र अनुसार साताको केही बारलाई कपाल काट्न वा नङ, दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई अत्यन्तै शुभ मानिएको छ ।

बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म बार कपाल काट्नु हुँदैन भनेको त प्रायः धेरैले सुनेका छौँ । तर पछिल्लो पुस्ताले यसलाई वेवास्ता गर्ने गरेको पाइन्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

साताको पहिलो बार अर्थात् आइतबारलाई सूर्यको बार मानिन्छ । यो दिन भगवान् सूर्यको पूजा गर्ने र व्रत पनि बस्ने गरिन्छ ।

आइतबार कपाल काट्दा धर्म, धन र बुद्धिको नाश हुने महाभारतको अनुशासन पर्वमा उल्लेख गरिएको छ ।

त्यसै गरी सोमबार पनि कपाल काट्नु राम्रो मानिँदैन । यस दिन कपाल काट्दा मानसिक दुर्बलता हुने र सन्तानलाई हानी गर्नुका साथै असामयिक मृत्यु समेत गराउन सक्ने धार्मिक शास्त्रमा उल्लेख छ ।

ज्योतिष शास्त्रका अनुसार मंगलबार मङ्गलको दिन हो । यो दिन कपाल काट्दा अशुभ प्रभाव पर्छ । आयुलाई हानी गराउन सक्ने मान्यता रहेको छ ।

बुधबार कपाल काट्नु निकै राम्रो मानिएको छ । यो दिन कपाल काट्दा धन आउने र परिवारका सदस्यमा खुसी आउने महाभारतको अनुशासन पर्वमा उल्लेख गरिएको छ ।

बिहीबार धन नास हुने मानिन्छ र मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास रहेको छ ।

शुक्रबार कपाल काट्नु राम्रो मानिन्छ । शुक्रबारलाई सौन्दर्यको दिन मानिन्छ ।

शनिबार कपाल काट्नुलाई असाध्यै अशुभ मानिएको छ । यसले मृत्युको भय बढ्ने मानिन्छ । 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : २९ बजे

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कांग्रेस एकताका लागि नेतृत्वको गम्भीर पहल आवश्यक : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकताका

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौं– प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी सात लाख बराबरको