प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग « Khabarhub

प्रहरी कार्यालय पुनर्निर्माण गर्न १० लाख सहयोग


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी– इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माणका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले १० लाख बराबरको सहयोग प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको कार्यालय परिसरमा आज एक सङ्क्षिप्त कार्यक्रमबीच सङ्घले फर्निचर र नगद रकम प्रदान गरेको हो । 

सङ्घका अध्यक्ष धनबहादुर पन्धाक नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय अनारमनीको पुनर्निर्माण जुटेका युवा व्यवसायी पदम श्रेष्ठ र इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विजय श्रेष्ठलाई संयुक्त रूपमा नगद तथा जिन्सी सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएको इलाका प्रहरी कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार सहयोग हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष धनबहादुर पन्धाकले बताए। 

सङ्घका महासचिव निरन खत्रीले सङ्घले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय पुनर्निर्माणसँगै हालै अविरल वर्षापछिको बाढीबाट पीडित भएका परिवारलाई रु एक लाखभन्दा बढीको राहत उपलब्ध गराइएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पुनर्निर्माणमा खटिएका युवा व्यवसायी पदम श्रेष्ठले सबैको साथ र सहयोगबाट इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए । 
 

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ४ : ३३ बजे

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिका–८ रत्नपुरमा एक सय टन क्षमताको शीत

एकै दिन ४१ विपदका घटना

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका