सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अबरुद्ध « Khabarhub

सेनाको प्लटिङले सर्वसाधारणलाई सास्ती, ढल निकास अबरुद्ध


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कीर्तिपुरमा बसिबसाउ बस्तीको तल खोल्सा मिचेर सेनाले प्लटिङ गर्दा माथिल्लो क्षेत्रको ढल अवरुद्ध भएको छ । सेनाले बनाएको ढलमा बस्तीको पानी मिसाउन नदिएको आजको नयाँ पत्रिकामा मुख्य खबर छ ।

सेनाले बनाएको ढल सानो भएकाले अरु ढल मिसाउन अनुमतिनदिएको नेपाली सेनका प्रवक्तासमेत रहेका सहायक रथी याम ढकालले बताए ।

वाइडबडी छानबिन : जनताको आँखामा छारो शीर्षकमा छापिएको अर्को समाचारमा वाइडबडी अनियमितता छानबिन गर्न मन्त्रिपरिषदले १९ पुसमा गठन गरेको आयोगको काम सुरु नगरी नै शनिबार म्याद सकिएको छ ।

आयोगका पदाधिकारीले नियुक्तिपत्रसमेत नपाई ४५ दिने म्याद सकिएको छ । वाइटबडी जाँचबुझ आयोगका प्रस्तावित अध्यक्ष गोबिन्द पराजुलीले मिडियामा समाचार सुनेकै भरमा कसरी काम गर्नुभन्ने प्रतिक्रिया दिएका छन।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापति भरत शाहले भने सरकारले गठन गरेको आयोग नै गैर संवैधानि रहेको बताएका छन् ।

नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र शीर्षकको समाचारमा भदौदेखि देशभर सञ्चालन गर्ने भनिएको नेकपाको राष्ट्रिय अभियान ६ महिनादेखि अलपत्र छ । नेकपा केन्द्रीय कमिटीको बैठक ९ महिनादेखि बस्न सकेको छैन् । नेकपाका नेता झलनाथ खनालले पार्टीको एकता प्रक्रियालाई समयमै टुंग्याउन नसक्दा पार्टी धेरै पछि परेको बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : ३५ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको