यू-१९ एसिया कप : पाकिस्तान र भारत सेमिफाइनलमा  « Khabarhub

यू-१९ एसिया कप : पाकिस्तान र भारत सेमिफाइनलमा 


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू–१९ एसिया कप क्रिकेटको समूह ‘ए’ बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह चरणका तीन मध्य तीनै खेल जितेको पाकिस्तान समूह विजेता तथा तीन मध्य दुई खेल जितेको भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

भारतले अफगानिस्तान र नेपाललाई पराजित गर्दा पाकिस्तानसँग पराजित भएको थियो । नेपाल भने आफ्ना तीन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यो समूहबाट एक खेल जितेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरियो । समूह ‘बी’ बाट भने बंगलादेश सेमिफाइनलमा पुग्दा अर्को सेमिफाइनल पुग्ने टिमको टुङ्गो भोलि लाग्नेछ ।

यो समूहमा श्रीलंका र यूएईले समान एक–एक खेल जितेका छन् । रनरेटको आधारमा श्रीलंका तालिकाको दोस्रो स्थानमा रहेको छ । जितविहीन जापान तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ५१ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो