जब श्रीदेवीले अमिताभसँग काम नगर्ने घोषणा गरिन् « Khabarhub

जब श्रीदेवीले अमिताभसँग काम नगर्ने घोषणा गरिन्


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – अमिताभ बच्चनलाई कतिपयले बलिउडको महानायक भन्छन् । उनीसँग काम गर्न कुनचाहिँ कलाकारको चाहाना नहोला र ? तर एउटा समय यस्तो पनि थियो, बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न मानिनन्।

अमिताभसँग जिन्दगीभर काम गर्दिन् भनेर श्रीदेवीले कसम नै खाएको भन्ने हल्ला सुन्न पाइन्छ । श्रीदेवी र अमिताभ सन् १९८६ मा आखिरी रास्तामा सँगसँगै देखिएका थिए । यहि बेला अभिनेत्री श्रीदेवीले अमिताभसँग काम गर्न ठाडै अस्वीकार गरिदिइन् ।

श्रीदेवीले पत्रकारहरुको सामु नै अमिताभसँग काम नगर्ने घोषणा गरेकी थिइन् । अमिताभको फिल्ममा हिरोइनले खासै राम्रो भूमिका नपाउने श्रीदेवीको मनमा परेको थियो । त्यसैले सुरुमा खूदा गवाह फिल्मको अफर आउँदा श्रीदेवीले ठाडै अस्वीकार गरेकी थिइन् ।

खूदा गवाह फिल्ममा आफ्नो जोडी श्रीदेवीसँगै बाँधियोस् भन्ने अमिताभको चाहना थियो । फिल्मका लागि श्रीदेवीलाई जसरी पनि मनाउनु थियो । अनि अमिताभले ट्रकभरी गुलाबको फूल श्रीदेवीका लागि पठाए । यो देखेर श्रीदेवी खुसी भइन् । अमिताभसँगको असन्तुष्टि बिर्सिएर फिल्ममा काम गर्न राजी भइन् । तर श्रीदेवीले एउटा शर्त राखिन् । शर्त के थियो भने फिल्ममा उनको दोहोरो भूमिका हुनेछ ।

खुदा गवाहमा श्रीदेवीले आमा र छोरी दुबैको भूमिका निर्वाह गरेकी थिइन् । सन् १९९२ मा आएको यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । दुबै भूमिकामा श्रीदेवीलाई दर्शकहरुले निकै मन पराए । खुदा गवाह श्रीदेवी र अमिताभको तेस्रो फिल्म थियो ।

स्रोत: एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ५७ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा