च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र पीएसभीले खेले बराबरी


२७ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनल र पीएसभीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अर्सनलका लागि एडी एनकेटियापीएसभीका योर्बे भर्टेसेनले एक–एक गोल गरेका थिए ।

खेलको ४२औँ मिनेटमा आर्सनलका एनकेटियाले सुरुवाती गोल गरेका थिए । तर त्यसको ८ मिनेटपछि पीएसभीका भर्टेसेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि दुवै पक्षबाट गोल नहुँदा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

जारी लिगमा समूह बी मा रहेको आर्सनल ६ खेलबाट १३ अंकसहित समूह तालिकाको शीर्षस्थानमा यथावत छ भने ९ अंक भएको पीएसभी दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ४२ बजे

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली

विश्व व्यापार प्रणाली दुर्घटनाको जोखिममा : राष्ट्रसङ्घ प्रमुख

जेनेभा – उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय

आइसल्यान्डमा पनि भेटियो लामखुट्टे

काठमाडौँ- आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकले यसै

नेवार समुदायले आफ्नै पूजा गरी मनाए म्हपूजा

काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले