घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता « Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इञ्जिनीयर लालु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दामा साक्षीका रुपमा पेश गरिएका उजूरीका निवेदक देवजङ्ग शाहीसँग बकपत्र गर्दा अनुसन्धानका क्रममा गरेको मुद्दामा अन्यथा हुनेगरी घुस लेनदेख गरेको आरोप लागेको छ ।

एककेवाई पी जेभीका प्रतिनिधि देवजङ्ग शाहीले भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तारोन्नति योजनाको भुक्तानीका लागि जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन जिल्ला इञ्जिनीयर गिरीले रु १८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले अभियोग लगाएको छ ।

आयोगले बिगोबमोजिम कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई रु पाँच हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गाको मोहीलगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको छ । आयोगले उनीहरुलाई ठाकुरको कार्यालयबाटै आज पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेशन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु एक लाख घुस माग गरेको आरोप लागेको छ । आयोगले गुप्तालाई बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ गरेका हो । आरोपी गुप्तामाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०५ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित